प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव : अरुको एजेण्डा बोकेर हिँडिरहनुभएको छ, कांग्रेसमै प्रवेश गर्नुस्

प्रचण्डलाई ईश्वर पोखरेलको सुझाव : अरुको एजेण्डा बोकेर हिँडिरहनुभएको छ, कांग्रेसमै प्रवेश गर्नुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसमै प्रवेश गर्न सुझाव दिएका छन् ।

पोखरा महानगरको एमाले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले माओवादी केन्द्रले स्थानीय चुनावमा कांग्रेसकै घोषणापत्र बोकेर हिँडिरहेको भन्दै कांग्रेसमै समाहित हुन सुझाव दिएका हुन् ।

‘माओवादीसँग चुनावी एजेण्डा छैन । कांग्रेसको घोषणापत्र बोकेर हिँडिरहेको छ,’ उनले भने, ‘पुष्पकमल दाहालजी अब राष्ट्रिय राजनीति अल्मल्याउने काम नगर्नुस्, हिम्मत छ भने कांग्रेसमा प्रवेश गर्नस् । हामी सामना गर्न तयार छौं ।’

उनले चुनाव सार्न सत्ता गठबन्धनले प्रयास गरे पनि एमालेले त्यसो हुन नदिएको उनले दाबी गरे । उनले माधव नेपाललगायत कम्युनिष्ट नेताहरूसँग राजनीतिक एजेण्डा नभएकोले सन्यास लिन आग्रह गरे ।