हेटौंडा – रक्षामन्त्री इश्वर पोखरेलले अब सिंहदरबारको मुख ताक्ने दिन सकिएको बताएका छन् ।
मकवानपुरको मनहरी गाउँपालिकालाई नेपालको पहिलो बालमैत्री शासनयुक्त गाउँपालिका घोषणा समारोहमा बोल्दै मन्त्री पोखरेलले गाउँ विकासको लागि स्थानीय सरकार अधिकार सम्पन्न रहेको बताउँदै समाज विकासका लागि केन्द्रको मुख ताक्ने दिन सकिएको बताएका हुन् ।
उनले भने, ‘गाउँ विकास गर्नका लागि स्थानीय सरकार नै अधिकार सम्पन्न छ, अब सिंहदरबारको मुख ताक्ने दिन सकियो ।’
स्थानीय शासनका बाल विकास, बाल रक्षा र बाल सहभागितालगायत ३९ वटा सूचक पूरा गरी नेपालको पहिलो बालमैत्री गाउँपालिका भएकोमा उनले गाउँपालिकालाई बधाई दिँदै यस्तो अभियानमा आफ्नो सहयोग सधै भइरहने बताए ।




प्रतिक्रिया