काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
श्रोतका अनुसार आइतबार बिहान उपप्रधानमन्त्री समेत रहेका पोखरेलले उपाध्यक्ष गौतमलाई फोन गरेर अहिले रोजेको मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रस्ताव गरेका हुन् ।
पोखरेलले चुनावी प्रधानमन्त्री बनाउछौँ भनेर गौतमलाई अफर गरेपनि त्यसलाई गौतमले अस्वीकार गरेका छन् । गौतमले स्थायी समिति बैठकमा छलफल गरेर सबै कुराको टुंगो लगाउनुपर्ने जवाफ दिएको श्रोतले बतायो ।
स्थायी समिति बैठक अगाडि गौतमलाई आफ्नो पक्षमा तान्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीका तर्फबाट पोखरेलले यस्तो प्रस्ताव गरेको बुझिएको छ ।




प्रतिक्रिया