काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित विशेष कार्यक्रममा श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस ‘तुलसी’ नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दै उनले धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन् ।
सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समयअनुसार धर्मको परिस्कृत हुँदै जानुपर्ने धारणा राखे । तपाई कम्युनिष्टहरु धर्म मान्नुहुन्न भन्ने गरेको स्मरण गर्दै उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताए ।
उनले भने, ‘सत्ताको सेवक बनेर धर्म चल्नु हुँदैन । धर्म सत्ताको सेवक बन्यो भने जनताको आस्थामा सिमित हुँदैन त्यो । त्यसले पाखण्ड प्रर्दशन गर्न थाल्छ । त्यसो गर्नुहुँदैन । धर्म नागरिकहरुको आस्था र विश्वास हो । कसैले पनि आस्थामा जोर जुलुम गर्नुहुँदैन । धर्म मानिहरुको आस्था र विश्वास भएकाले आस्था र विश्वास लाई परिस्कृत गर्दै मान्दै लैजानुपर्ने हुन्छ । जोर जुलम गर्नुहुँदैन । हामी कम्युनिष्ट पार्टीका मान्छेले धर्मलाई यसरी बुझ्छौ ।’




प्रतिक्रिया