प्रचण्ड भेट्न खुमलटार पुगे ईश्वर पोखरेल

प्रचण्ड भेट्न खुमलटार पुगे ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।

स्रोतका अनुसार उनले प्रधानमन्त्री ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । खुमलटारमा भएको भेटमा पार्टीभित्रको गतिरोध अन्त्यबारे छलफल भएको बताइएको छ ।

यसअघि बिहिबार नेकपाकै महासचिव विष्णु पौडल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पछिल्लो समय नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुग्दा ओलीनिकट नेताहरू पार्टी प्रचण्डलाई भेट्न खुमलटार जानेक्रम बढेको छ ।