काठमाण्डु – नेपाल बार एसोसियसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले सर्वोच्च अदालतमा भइरहेको विवादबारे राजनीतिक दलहरु चुप लागेर बसेकोमा आक्रोश पोखेका छन् ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रकरणम राजनीतिक दलहरु कानमा तेल हालेर बसेको बताए ।
‘न्यायालय यति अस्तव्यस्त हुँदा पनि दलहरु चुप लागेर बसेका छन्’, उनले भने, ‘अब हाम्रो आन्दोलन राजनीतिक दलहरुतिर सोझिन सक्छ ।’
उपाध्यक्ष भट्टराईले न्यायपालिकाको सुदृढीकरणका लागि प्रधानन्यायाधीशको जीनामा आउनुपर्ने बताएका छन् ।
‘न्यायपालिका सुधारका लागि बारसम्वद्ध साथीहरुले अन्य केही विषय उठाउनु भएको छ । उहाँहरुले अन्य न्यायाधीशबारे उठाएका कुरा पनि थप्न सकिन्छ’, उनले भने, ‘तर नेपाल बारसहित सबै वकिलको अहिलेको माग भनेको प्रधानन्याधीशको राजीनामा नै हो ।’
उनले असार २८ मा गरिएको परमादेशलाई लिएर पनि अनेक प्रश्न उठेको बताएका छन् ।
‘असार २८ मा जारी गरिएको परमादेशको विषयमा पनि प्रश्न उठेको छ। त्यससँग सम्बन्धित प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको न्यायिक निष्ठामाथि कुरा उठेको छ’, उनले भने, ‘तर यहाँ सबैभन्दा उपयोग भएको प्रधानन्यायाधीश हो ।’




प्रतिक्रिया