केपी ओली छानबिन आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

केपी ओली छानबिन आयोगमा बयान दिन जानुपर्छ : ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ का घटना छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।

उनले भने, ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ, ‘म भए पहिल्यै जान्थेँ।सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो ।

यस्तै पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्ने बताएका छन्। ‘विद्याजीको सदस्यताको बारेमा हाम्रो मत के हो भने–संविधान, पार्टी विधान, विश्वको अभ्यासले रोक्दैन र व्यक्तिको चाहना छ भने रोक्नु हुँदैन,’ पोखरेलले भने, ‘यो विषय अब उठ्छ, रोकिँदैन।’

पोखरेलले आगामी ११ औँ महाधिवेशनमा उम्मेदवारी दिने कुरा अचानक नभइ योजनाबद्ध रुपमा गरेको बताए ।उनले भने, ‘यहाँ प्यानल बनाउने, नबनाउने भन्ने कुरा होइन। उम्मेदवारी दिने भन्ने कुरा पनि कुनै झ्वाँक, झ्वाँकमा गरेको विषय होइन।’

आफू अध्यक्षमा उठ्ने कुरा पार्टीको बैठकमा औपचारिकरुपमा गराएका समेत उनले बताए।