काठमाण्डु – भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध दर्ता भएको रिटको सुनुवाई आज हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर भएको रिटको सुनुवाई आज हुने भएको हो ।
उक्त रिटको सनुवाईका लागि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको छ । साथै न्यायाधीश खतिवडाको इजलासमा लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी (जसपा)ले पदमुक्त गरेका तीन जना सांसदको रिटको सुनुवाई पनि हुने भएको छ ।
आइतबार विघटित भूमी आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आज दायर गरिएको रिट निवेदनमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दैरिट दायर गरेका थिए ।
रिट निवेदनमा भूमीहित दलितको संवैधानिक हक र भूमीहीन सुकुम्वासीको कानूनी मार्गलाई अनिश्चिततापूर्वक ढङ्गले अवरुद्ध गर्ने गरी भएको मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ ।
आयोग खारेज हुँदा भूमीहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको उल्लेख छ । उक्त विवादमा विभिन्न चार रिट निवेदन अदालतमा दायर भइसकेको छन् ।




प्रतिक्रिया