सरकार पक्षका वकिललाई न्यायाधीश खतिवडाले भनेः हामीलाई कम्फरटेबल भैरहेको छैन

सरकार पक्षका वकिललाई न्यायाधीश खतिवडाले भनेः हामीलाई कम्फरटेबल भैरहेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायाधीश ईश्वर खतिवडाले संवैधानिक इजलासमा भइरहेका क्रियाकलापले आफूहरुलाई कम्फरटेबल नभएको बताएका छन् ।

आइतबार संवैधानिक इजलास गठनबारे सरकार पक्षका वकिलहरुले बारम्बार प्रश्न उठाएपछि न्यायाधीश खतिवडाले यस्तो बताएका हुन् ।

उनले रिट निवेदकका वकिलको कुरा सुन्ने भन्दै उनीहरूलाई बस्न आग्रह गरेका छन् । प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहाल बहसका लागि अगाडि पुगेपछि न्यायाधीश खतिवडाले इजलास गठनको विषयमा बहस हुनु राम्रो कुरा नभएको बताएका हुन् ।

‘जे भइरहेको छ, हामीलाई कम्फरटेबल भैरहेको छैन । धेरै आयो के यो कुरा इजलासको कुरामा । यसरी आउन भएन । तपाईंहरूको कुरा भयो अब निवेदक पक्षको कुरा सुनौं,’ खतिवडाले भने ।