भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? त्यसैले कोरोनासँग लड्ने होः रक्षामन्त्री पोखरेल

भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ? त्यसैले कोरोनासँग लड्ने होः रक्षामन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणबाट भाग्ने नभई लड्नुपर्ने बताएका छन् ।

सोमबार बिहान भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा निर्माण गर्ने भवनको सिलान्यास गर्दै रक्षामन्त्री पोखरेलले कोरोनाबाट भाग्दाभाग्दै भोकमरीको अवस्था आयो भने के गर्ने भन्दै प्रश्न गरेका छन् ।

‘कोरोनासँग भाग्ने होइन लड्ने हो । त्यसैले यो आयो भनेर त्रसित भएर भाग्यौं भने कहाँ जाने ? त्यसैलेआज हामी भागौंला भोलि भोकमरीबाट मर्ने अवस्था आयो भने के गर्ने ?’, उनले भने, ‘हामीले हाम्रो आर्थिक गतिविधि बढाउनैपर्छ । कोरोनासँग लड्नु व्यक्ति-व्यक्तिको जिम्मेवारी हो । हामी बचेर देश र समाजलाई बचाउने हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा मीनबहादुर गुरुङको प्रशंशा गर्दै धन र मन भएको व्यक्ति रहेको बताए ।

उनले भने, ‘मीनबहादुरजी धनमात्रै होइन मन पनि भएको व्यक्ति हुनुहुन्छ । हामीले मीनबहादुरजीलाई के पाएका छौं भने धन र मन दुवै भएको व्यक्तिका रुपमा । हामीले त्यसरी चिन्छौं ।लगनशील भएर काम गरिरह्यो भने प्रगति गर्न सकिन्छ भन्ने उदाहरण उहाँले दिनुभएको छ ।’