काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वमाओवादी समूहले पार्टी एकताका बेला गरिएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् ।
सोमबार ट्वीट गर्दै मन्त्री पाखरेलले सहमति विपरित समिकरण बनाएर खेल खेल्न खोजाद एकता संकटमा परेको बताएका हुन् ।
‘एकताका वेला गरिएको सहमती विपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन् ।
उनले पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा खबरदारी गर्न पनि आग्रह गरेका छन् । मन्त्ती पोखरेलले व्यक्तिगत स्वार्थका कारण एकता विथोल्न खोज्नेहरुको विरोध गर्दै एकतालाई जोगाउन आग्रह गरेका छन् ।
‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’, मन्त्री पोखरेलले भनेका छन् ।
आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय सदस्यहरुको छुट्टै भेला बसेको थियो ।
भेलामा अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बालुवाटार वार्ताको ब्रिफिङ गरेका थिए । उनले प्रधानमन्त्री ओलीले पार्टी अलग गरे जान सुझाव दिएको कुरा ब्रिफिङ गरेको छ ।
भेलामा उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य रामबहादुर थापा बादल, र नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।




प्रतिक्रिया