काठमाण्डुमा पूर्वएमालेको भेला, जबजको पक्षमा आवाज उठाउन ईश्वर पोखरेलको निर्देशन

काठमाण्डुमा पूर्वएमालेको भेला, जबजको पक्षमा आवाज उठाउन ईश्वर पोखरेलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं नेपाल कम्युिनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व एमालेको भेलालाई सम्बोधन गरेका छन् । काठमाण्डुमा भएको भेलामा मन्त्री पोखरेलसहित शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठलगायत बागमती प्रदेशका मन्त्रीको सहभागिता रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले पार्टी कमिटीका कामलाई तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । जिल्ला अध्यक्ष कृष्ण राईले मन्त्री पोखरेलले जनताको बहुदलीय जनबाद (जबज)को पक्षमा आवाज उठाउन निर्देशन दिएको जानकारी दिए ।

‘ईश्वर पोखरेलले जबजका पक्षमा उभिन आग्रह गर्नुभएको थियो । जबजलाई केन्द्र मानेर काम गर्न भन्नुभयो । उहाँले पार्टी एकतामा आँच आउने काम नगर्न निर्देशन दिनुभयो’, नेता राईले भने ।

पूर्वएमालेको भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार पक्षका नेताहरु अनुपस्थित नभएको उनले बताए । केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफू घेराबन्दीमा परेको भन्दै तयारी अवस्थामा रहन प्रदेश नम्बर एक का प्रदेश कमिटी नेताहरुलाई निर्देशन दिएका थिए । उनले जबजलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरेका थिए ।