दाहालको अस्थीर मनस्थिति र माधव नेपालको अध्यक्ष हुने चाहनाले विग्रह आयोः ईश्वर पोखरेल

दाहालको अस्थीर मनस्थिति र माधव नेपालको अध्यक्ष हुने चाहनाले विग्रह आयोः ईश्वर पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको अस्थीर मनस्थिति र माधवकुमार नेपालको पद मोहले गर्दा नेकपा विभाजन भएको बताएका छन् ।

बिहीबार बिहान उदयपुरमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले माधव नेपालमा तत्कालिन एमालेमा हुँदाबाटै अध्यक्ष हुने महत्वकाँक्षाका कारण समस्या उत्पन्न भएको बताए । उनले माधव नेपाल कुण्ठैकुण्ठाको भारी बोकेर हिँडिरहेको व्यक्तिको रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् ।

‘अध्यक्ष दाहालको अस्थीर मनस्थिति, तरंगित भइरहने स्वभाव र चाँडो नेतृत्वमा पग्ने महत्वकाँक्षाले यो अवस्था आइलागेको हो । नेकपाका नेता माधव कुमार नेपालको छिटो अध्यक्ष हुने चाहना थियो । कुण्ठैकुण्ठाको भारी बोकेर हिँडिरहेको व्यक्तिको रुपमा प्रस्तुत हुनु भएको छ । त्यही कारणले नेकपामा विग्रह आएको हो’, उनले भने ।

उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्न केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको मूल नेकपासँगै रहने बताए । उनले निर्वाचन आयोगको निर्णयपछि सूर्य चिह्नको विवाद सकिएको भन्दै प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताए ।

‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ,’ उनले भने ।