प्रधानमन्त्रीलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेः उपप्रधानमन्त्री पोखरेल

प्रधानमन्त्रीलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेः उपप्रधानमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको राष्ट्रवादलाई कमजोर बनाउन घिनलाग्दा षड्यन्त्रमा लागेको आरोप बताएका छन् ।

माओवादी निकट केही अनलाईनहरुमा प्रधानमन्त्री ओली र ’रअ’ का प्रमुख सामन्त गोयलबीच सीमालगायतका विषयमा ४ बुंदे सहमति भएको दावीसहितको समाचार आएपछि उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरूले प्रधानमन्त्री ओलीको राष्ट्रवादी अडानलाई कमजोर देखाउन खोज्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

‘कुनैवेला विदेशी शक्तिको न्यानो काखमा सुतेर देशमा उत्पात मचाउन लाज नमान्नेहरू अहिले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् । यस्ता काम घृणायोग्य र दण्डनीय छन्’, उनले भनेका छन् ।