काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बाँकेका सिडिओ शिवराम गेलाललाई टेलिफोन गरेर नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन् ।
महामारीको बेला जनताको जीवनरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।




प्रतिक्रिया