उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् । थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् ।

यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरे ।

‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने ।