पार्टीको विवाद अनन्तकालसम्म लम्ब्याउनु हुँदैनः महासचिव पोखरेल

पार्टीको विवाद अनन्तकालसम्म लम्ब्याउनु हुँदैनः महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विवाद लम्ब्याउन नहुने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय थापाथलीमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले आज साँझसम्म आन्तरिक विवाद समाधान हुने बताएका छन् ।

उनले विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुबैतर्फका नेताहरुले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरु प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण नबनाउने बताए ।

‘अधिकतम कोशिष गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन । देशभरका नेता कार्यकर्ताहरुले व्यक्त गर्नु भएको धारणामा हामी टुङ्गोमा पुग्छौं,’ उनले भने ।