विद्या भण्डारीको सदस्यता राति वेबसाइटबाट हटाइयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

विद्या भण्डारीको सदस्यता राति वेबसाइटबाट हटाइयो : वरिष्ठ उपाध्यक्ष पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता राति वेबसाइटबाट हटाइएको बताएका छन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा उनले भने, ‘२०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४१ नम्बरमा पार्टी सदस्यता छ, वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु ।’

पूर्वराष्ट्रपतिलाई नागरिकका रूपमा पार्टीमा सक्रिय हुन संविधान वा विधानले नरोकेको उनले बताए । ‘राजनीति गर्न नपाइने भए संविधान वा विधानले रोक्नुपर्‍यो । पार्टीका निर्णय पनि संविधान र विधानसम्मत हुनुपर्‍यो नि !’ उनले भने ।

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिने भनेर केन्द्रीय कमिटीमा निर्णय सुनाइए पनि सधैंका लागि टुंगो नलागेको उनले बताए । ‘सदस्यताको विषय छलफल क्लोज भएको भन्ने मलाई लाग्दैन, एकपल्ट केन्द्रीय कमिटीमा त्यसरी सुनाइसकेपछि सधैंका लागि क्लोज भएन,’ उनले भने, ‘पार्टीभित्र निम्त्याइएको बहस, विवाद जस्तो लाग्छ । सरसल्लाहले पार्टी अध्यक्षले छलफल गरेर टुंगो होला भन्ने लागेको थियो । सल्लाह र समझदारीले टुंग्याउने कुरा थियो, तेजोबध गर्ने कुरा थिएन ।’