उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियारमा उजुरी


काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपका सञ्चालकविरूद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

त्रिपाठीले उनीहरू सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पनि उजुरीमा माग गरेका छन् ।

हिजोमात्र साझा पार्टीका प्रदेश सभा सदस्य रमेश पौडेलले यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरूद्ध अख्तियारमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement