महासचिव पोखरेलले भने, ‘सरकार गठन र पार्टी एकता सँगसँगै’

महासचिव पोखरेलले भने, ‘सरकार गठन र पार्टी एकता सँगसँगै’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन्।

 

 

शुक्रबार राजधानीम आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको बताए।

 

 

 

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनु स्वभाविक भए पनि औपचारिक निर्णयपछि मात्र आफूले बोल्ने उनले बताए। पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ।

 

 

 

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्नेमा पनि जोड दिए।