आइसोलेसनमा भर्ना भएका युवक डिस्चार्ज

आइसोलेसनमा भर्ना भएका युवक डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको आशङ्कामा जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा भर्ना गरिएका दिपायल सिलगढी नगरपालिका–७ रातुलीका १९ वर्षीय तिलक भण्डारीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

छिमेकी मुलुक भारतको तेलङ्गना राज्यमा काम गर्दै आएका ती युवक केही हप्ता पहिले आफनो जन्मथलो डोटी आएका थिए ।

तेलङ्गनामा कोभिड–१९ को सङ्क्रमणका बिरामी फेला परेपछि उनलाई पनि रुघाखोकी र ज्वरोको लक्षण भेटिएकाले कोरोना भएको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय डोटीको सहयोगमा गत मङ्गलबार जिल्ला अस्पतालको आइसोलेसन शैय्यामा भर्ना गरिएको थियो ।

आइसोलेसन शैय्यामा भर्ना गरिएसँगै उनको घाँटी र नाकको स्वाब परीक्षणका लागि जिल्ला अस्पताल डोटीले बुधबार टेकु अस्पताल काठमाडौँमा पठाएको थियो ।

स्वाब परीक्षणपछि टेकु अस्पतालले कोरोना सङ्क्रमण नभएको पुष्टि गरेपछि उनलाई आज घर पठाइएको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा ज्योती पाण्डेले जानकारी दिए ।