आइसोलेसनमा बसेर यसरी नेतृत्व गर्दैछन् बेलायती प्रधानमन्त्री जोन्सन

आइसोलेसनमा बसेर यसरी नेतृत्व गर्दैछन् बेलायती प्रधानमन्त्री जोन्सन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार आफू कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित भएको घोषणा गरेका थिए । तर, यस महामारीविरुद्ध युद्धको नेतृत्वको जिम्मेवारीलाई निरन्तरता दिने पनि उनले बताएका छन् ।

ट्वीटर एकाउन्टमार्फत् उनले आधुनिक प्रविधिको जादुले आफ्नो ११ डाउनिङ स्ट्रिट निवासबाट यस प्रयासको नेतृत्व गर्ने बताएका छन् । तर के यस्तो विश्वव्यापी महामारीका बेला यसरी सेल्फ–आइसोलेसनमा बसेका प्रधानमन्त्रीले सामान्य अवस्थामा झैँ ६.६ करोडभन्दा बढी जनसङ्ख्या भएको देशको नेतृत्व सम्हाल्न सक्छन् त ? के उनका स्वास्थ्य सचिव पनि सङ्क्रमित र प्रमुख स्वास्थ्य अधिकृत पनि सेल्फ–आइसोलेसनमा रहेको बेला यो सम्भव छ ?

प्रधानमन्त्रीलाई आइसोलेसनमा राख्न त्यती अप्ठेरो छैन । डाउनिङ स्ट्रिटको सेरोफेरो बाहिरबाट देखिनेभन्दा निकै ठूलो छ । नम्बर १० को प्रसिद्ध कालो ढोकासँगै ११ र १२ डाउनिङ स्ट्रिटमा कोठाहरू र कार्यालयहरू छन् । यी तीन स्थान ईसाको १७ औँ शताब्दीको अन्त्यदेखि त्यहाँ रहदै आएका छन् । अनि त्यसको पछाडि १८ औँ शताब्दीको अर्को ठूलो भवन छ ।

प्रधानमन्त्रीको आसपासमा कतिजना कोरोनाभाइरसको जोखिममा छन् । यसको ठूलो आकारका बाबजुद डाउनिङ स्ट्रिट स–साना कार्यालय र साँघुरो ठाउँहरूले भरिएको छ । उच्च अधिकारीहरूले भने सरकारको सामाजिक दूरीको नियम पालना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री जोनसन ११ को माथि बस्छन्न् । सँगैको १० सँग जोड्ने ढोका शुक्रबारबाट बन्द गरिने जनाइएको छ । प्रधानमन्त्रीलाई जे चाहिन्छ, त्यो उनको ढोकाबाहिर राखिन्छ । त्यहाँ पनि नजिक हुने काम सक्दो न्यून गरिँदै छ ।

उनको बैठक भिडियो सम्मेलनमार्फत् हुनेछ । उनको प्रायः नियमित व्यक्तिगत भेटघाट पनि भिडियोमार्फत् हुँदै छ । परम्परागत रूपमा महारानीसँग उनको दरबारमा साताको एकपटक भेट्ने पनि टेलिफोन सम्पर्कमा सीमित भएको छ । १० डाउनिङ स्ट्रिट पनि निवासभन्दा बढी कार्यालयस्थल हो, त्यहाँ २५० जना निजामती कर्मचारी र राजनीतिक सल्लाहकार बस्छन् । तर हाल एउटै समयमा मात्र ७० जना आवश्यक कर्मचारी मात्र त्यहाँ बस्छन् ती कर्मचारीलाई पनि सामाजिक दूरी बनाउन भनिएको छ ।

जति राम्रो र व्यवस्थित यो सुनिन्छ, त्यत्तिकै देशलाई चलाउन यो दीगो तरिका हो भन्नेमा उचित प्रश्न उठ्छ । पहिलेत प्रधानमन्त्रीको आफ्नो दैनिक काम हुन्छ । हाल जोनसनको दैनिकी सामान्य छ । बिहान ८ः१५ मा प्रधानमन्त्रीबिना प्रमुख स्वास्थ्य अधिकृत, प्रमुख वैज्ञानिक सल्लाहकार, स्वास्थ्य सचिव र सम्बन्धित मन्त्री कोरोनाभाइरसको अद्यावधिक जानकारीबारे छलफल गर्छन् ।

त्यसपछि ९ः१५ मा प्रधानमन्त्री जोनसनले उनीहरूलगायत अन्य राजनीतिक सल्लाहकारसँग छलफल गर्छन् । यस बेला सरकारको दैनिक कार्य टुङग्याइन्छ । प्रधानमन्त्रीको पूरै दिन प्रायः बैठक र छलफलमा बित्छ र साँझ ५ बजे दैनिक प्रेस भेला हुन्छ, जहाँ उनी ६.६ करोड जनसङ्ख्याका लागि सरकारको निर्दे्शिका र नीतिको जानकारी दिन्छन्। प्रधामन्त्री जोनसन हालसम्म यी सबै कार्य गर्दै आएका छन् र प्रेस भेला भने भिडियोमार्फत् भइरहेको छ ।

प्रधानमन्त्रीको वरपर कतिजना कोरोनाभाइरसको जोखिममा छन्। यसको ठूलो आकारका बाबजुद डाउनिङ स्ट्रिट स–साना कार्यालय र साँघुरो ठाउँहरूले भरिएको छ। उच्च अधिकारीहरूले भने सरकारको सामाजिक दूरीको नियम पालना गरिरहेको बताएका छन् ।