काठमाण्डु- सरकारले इजरायलमा रहेका नेपाली ल्याउन आज जहाज पठाउने भएको छ । जसअनुसार आज राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज द्वन्द्वग्रस्त इजरायल जान लागेको हो ।
दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ।
सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ। स्वदेश फिर्ताका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।




प्रतिक्रिया