इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई प्रवासी नेपाली मञ्चको आर्थिक सहयोग

इजरायलमा ज्यान गुमाएका १० नेपालीका परिवारलाई प्रवासी नेपाली मञ्चको आर्थिक सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ ।

मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो ।

मञ्चका अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्।

ओली निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन् ।