गाजा दुई भागमा विभाजित भएको छ: इजरायल


एजेन्सी – इजरायलले उत्तरी गाजामा निकै महत्वपूर्ण आक्रमण गरेको जनाएको छ । उत्तरी गाजामा आइतबार ठूलो मात्रामा हमला र हवाई हमला गरिएको थियो।

आईडीएफले गाजा शहरलाई घेरेर उत्तरी र दक्षिणी गाजामा विभाजन गरेको इजरायली सेनाले जानकारी दिएकाे छ । इजरायली सेना गाजाको भूमध्यसागरको तटमा पुगेको छ ।

इजरायलले अझै पनि उत्तरी गाजा र गाजा सहरका बासिन्दाहरूलाई दक्षिणतिर जानको लागि “एउटा कोरिडोर” प्रदान गरिरहेको छ। गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा १० हजार मानिसको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement