आज १४ इजरायली बन्धकको सट्टा ४२ प्यालेस्टिनी कैदीलाई रिहा गरिने

आज १४ इजरायली बन्धकको सट्टा ४२ प्यालेस्टिनी कैदीलाई रिहा गरिने

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- शुक्रबार जस्तै हमासले शनिबार पनि इजरायली बन्धकहरूलाई रिहा गर्ने इजरायली अधिकारीले बताएका छन् । समाचार एजेन्सी एएफपीले एक इजरायली अधिकारीलाई उद्धृत गर्दै हमासले शनिबार १४ जना बन्धकहरूलाई रिहा गर्ने बताएको छ।

इजरायली अधिकारीहरूले त्यसको बदलामा इजरायलले ४२ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार एकजना इजरायली बन्धकको सट्टामा तीन प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने सूत्रमा सहमति भएको छ।

कतार र इजिप्टको प्रयासमा इजरायल र हमासबीचको अस्थायी युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्दी रिहा भएका छन् । बदलामा इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको थियो।