युद्ध जारी रहेकै बेला ११ नेपाली इजरायल उडे

युद्ध जारी रहेकै बेला ११ नेपाली इजरायल उडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युद्ध जारी रहेकै बेला ११ जना नेपाली इजरायल उडेका छन्। केयरगिभरको रूपमा काम गर्न उनीहरू इजरायल उडेका हुन्।

इजरायल र गाजास्थित हमास समूहबीचको युद्ध जारी छ। गत अक्टोबर ७ तारिखमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो। त्यही क्रममा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए।

उक्त घटनापछि इजरायल उड्न लागेका २४ जना केयरगिभर रोकिएका थिए। २४ जनामध्ये ११ जना उडिसकेपछि बाकी रहेका १३ जना पनि चाडै जाने सरकारले जनाएको छ। इजरायल जान पाउनुपर्ने माग राख्दै उनीहरूले दबाब दिँदै आएका थिए।