इजरायली तोपखाना पहिलोपटक गाजा क्षेत्रमा


तेल अवीव – इजरायली सेनाले गाजा क्षेत्रमा पहिलोपटक तोपखाना सञ्चालन गरेको छ । इजरायली भूमिमाथि आक्रमण भएपछि ‘डिफेन्स फोर्स आर्टीलरी’ गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२औँ फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् । तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतंकवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतंकवादी संगठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement