इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि हमला

इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि हमला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बीच इजरायलले सोमवारबाट उत्तरी गाजा पट्टीमा फेरि युद्ध सुरू गरेको छ। इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन्।

गाजा निवासी फरीद महमूदले आफ्नो परिवारमा आठ जना सदस्य रहेको र खाजा खाइरहेको बेलामा क्षेप्यास्त्र प्रहार भएको बताए। प्रहारमा केही बालबालिकाहरूको मृत्यु भएको बताए। उनले आक्रमणमा आफ्नो सन्तान पनि परेकाले अवशेष खोजिरहेको बताए।

इजरायलले इजरायलले यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गरेको दाबी गरेपछि विगत केही हप्तादेखि पट्टीको उत्तरी भागमा भएका आक्रमणमा कमी आएको थियो। गाजामा हालसम्म इजरायली आक्रमणबाट कम्तीमा २७ हजार ४७८ प्यालेस्टाइनी मारिएको बताएको छ।