वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीको विश्वभर विरोध, १५ अरब-इस्लामिक देशहरू विपक्षमा

वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीको विश्वभर विरोध, १५ अरब-इस्लामिक देशहरू विपक्षमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजराइलले गाजापछि वेस्ट बैंक माथि कब्जा गर्ने तयारीको विश्वभर विरोध भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टीको विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो।

इजरायली निर्णयको विरोध गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली संसदको वेस्ट बैंक गाभ्ने कदमले ट्रम्पको गाजा शान्ति योजनालाई खतरामा पार्न सक्ने बताएका छन्।

इजरायलका उग्र दक्षिणपन्थी नेताहरूले पनि इजरायली संसद (नेसेट) मा वेस्ट बैंकसँग सम्बन्धित विधेयक पेस गरेका छन्। यो विधेयकले इजरायललाई वेस्ट बैंक गाभ्ने अधिकार दिएको छ।

तर यो विधेयक अहिलेसम्म कानुन बन्न सकेको छैन। बुधबार यसले प्रारम्भिक स्वीकृति पाए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अगाडि नबढाउन निर्देशन दिएका छन्। प्यालेस्टिनी विदेश मन्त्रालयले इजरायली संसदको कदमको निन्दा गरेको छ।

इजरायलले १९६७ देखि वेस्ट बैंक कब्जा गरेको छ। प्यालेस्टिनीहरुले वेस्ट बैंक प्यालेस्टाइनको हिस्सा भएको बताएका छन्।

गत वर्ष संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायलको कब्जालाई अवैध भएको बताएको थियो।

इजरायली प्रधानमन्त्री नेतन्याहूले पहिले वेस्ट बैंकमा रहेको भूमि इजरायललाई गाभ्ने पक्षमा बोलेका थिए, तर उनले त्यसो गर्न कुनै कदम चालेका छैनन्।

यसले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिका र अरब देशहरूसँगको सम्बन्धमा बिग्रन सक्छ जसले दशकौंको शत्रुता पछि इजरायलसँग सम्बन्ध कायम राखेका छन्।

यता इजरायली कदमको पन्ध्र अरब र इस्लामिक देशहरूले यसको निन्दा गरेका छन् ।

कतारको विदेश मन्त्रालयले १५ अरब र इस्लामिक देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कब्जा गरिएको पश्चिमी किनारलाई इजरायलमा गाभ्ने सम्बन्धमा दुई विधेयकको निन्दा गरेको छ।

कतार, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, जिबूती, साउदी अरेबिया, ओमान, गाम्बिया, प्यालेस्टाइन, कुवेत, लिबिया, मलेसिया, इजिप्ट, नाइजेरिया, अरब लिग र ओआईसीले इजरायली कदमको विरोध गरेका हुन् ।

यी देशहरूले वेस्ट बैंकमा इजरायली कब्जालाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको स्पष्ट उल्लङ्घनु भनेर वर्णन गरेका छन्।