काठमाण्डु – इजरायलले लेबनानमा आक्रमण गरेको छ।
इजरायलले राजधानी बेरुतसहित दक्षिणी लेबनानमा आक्रमण गरेको हो। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। १४९ जना घाइते भएका छन्।
यसअघि, इजरायलले लेबनानका ५० भन्दा बढी शहर र गाउँका बासिन्दाहरूलाई आक्रमणबाट बच्न तुरुन्तै आफ्नो घर खाली गर्न चेतावनी दिएको थियो।
यसैबीच, इजरायली सेनाले विज्ञप्ति जारी गर्दै हेजबुल्लाहबाट भएको प्रक्षेपणको जवाफमा लेबनानमा रहेका लक्षित लक्षित आक्रमण गरिरहेको बताएको छ।
हिजबुल्लाहले पनि लेबनानबाट इजरायलतर्फ मिसाइल र ड्रोन प्रहार गरेको पुष्टि गरेको छ। समूहले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्याको बदला लिन यो कारबाही गरिएको बताएको छ।
अमेरिका र इजरायलले शनिबार इरानमा संयुक्त हवाई हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित झन्डै ४० जना शीर्ष नेता तथा अधिकारी मारिएका छन्।
जवाफमा इरानले पनि इजरायल तथा अमेरिकी सैन्य अखडा भएका यूएईलगायत खाडी मुलुकमा क्षेप्यास्त्र प्रहार गरिरहेको छ।
यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण जारी रहने बताएका छन्।




प्रतिक्रिया