इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा संयन्त्र गठन

इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा संयन्त्र गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरूको उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न उक्त संयन्त्र गठन गरेको हो ।

‘आज बिहान प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाल निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको छ । यस संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’, परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई जानकारी गराउने क्रममा भने ।