एजेन्सी – पछिल्ला ११ दिनदेखि इजरायल र सशस्त्र इस्लामी कट्टरपन्थी संगठन हमासको बिरूद्ध युद्ध समाप्त भएको छ । युद्धविरामपछि इजरायल र प्यालेस्टाइन दुबैले आफ्नो विजयको रूपमा घोषित गरेका छन् ।
टाइम्स अफ इजरायल अखबारका अनुसार हमासको युद्धविरामले दक्षिणपन्थी सांसद र प्रधानमन्त्री बिन्यामिन नेतान्याहूका केही राजनीतिक सहयोगीहरूलाई चिन्तित बनाएको छ ।
यस बमबारीका क्रममा २ सय ४० जनाभन्दा धेरै व्यक्ति मारिएका थिए । जसमा अधिकांश गाजा क्षेत्रका थिए । मारिनेमध्ये ठूलो संख्यामा सर्वसाधारण, बालबालिका र महिला थिए ।
वार्ताका लागि यस युद्धविरामले उत्कृष्ट अवसर सिर्जना गरेको टिप्पणी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।
यसअघि बिहीबार इजरायलले उत्तरी गाजाका पूर्वाधारहरुमा एक सयभन्दा धेरैपटक हवाई हमला गरेको थियो भने हमासले पनि रकेटमार्फत प्रत्याक्रमण गरेको थियो ।
मुस्लिक र हिन्दु दुबैले पवित्रस्थल मान्ने पूर्वी जेरुसलेममा (जो इजरायलको नियन्त्रणमा छ) हप्तौंसम्म इजरायली र प्यालेस्टाइनीबीच विवाद चर्किएपछि १० मेदेखि गाजामा हमास र इजरायलको द्वन्द्व सुरु भएको थियो ।




प्रतिक्रिया