इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु, दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिए

इजरायली आक्रमणमा आईआरजीसी प्रमुख सलामीको मृत्यु, दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलले इरानमाथि गरेको आक्रमणमा परी इरानी रिभ्युल्युस्नरी गार्ड (आईआरजीसी) प्रमुख हुसेन सलामीको मृत्यु भएको छ ।

इरानी सरकारले मिडियाले सलामीको मृत्यु भएको पुष्टि गरेको छ । उनी इजरायली आक्रमणमा परी मारिने इजरायली उच्च अधिकारीमध्ये एक हुन् ।

हुसेन सलामी इरानी सेनामा सबैभन्दा महत्त्वपूर्ण पदमा थिए। उनको नेतृत्वमा आईआरजीसीले इरानको ब्यालिस्टिक मिसाइल प्रणाली सम्हाल्ने गर्थ्यो।

इरानी सरकारी टीभीले इजारायली आक्रमणमा परी इरानका दुई वरिष्ठ आणविक वैज्ञानिक पनि मारिएको बताएको छ । परमाणु ऊर्जा संगठनका पूर्वप्रमुख फिरेदून अब्बासी तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची मृत्यु भएको जनाइएको छ ।

उता इजरायलले इरानका सेना प्रमुख मोहम्मद बघेरी, अन्य वरिष्ठ सेना अधिकारी र केही वरिष्ठ आणविक वैज्ञानिक पनि आक्रमणमा मारिएको दाबी गरेको छ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आवश्यक परुन्जेल इरानविरुद्ध आक्रमण जारी रहने बताएका छन्।