काठमाण्डु- अहिले इजरायल र इरानबीच युद्ध चलिरहेको छ । इरानका परमाणु कार्यक्रम स्थलहरूमा इजरायलले आक्रमण गरेको छ । आक्रमणबाट इरानको राजधानी तेहरानमा विस्फोटहरू सुनिएका छन् ।
मध्यपूर्वका यी दुई देशबीच जारी युद्धले अहिलेसम्म कम्तीमा साढे दुई जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । एकअर्का देशमा भइरहेको मिसाइल र बम आक्रमणले भौतिक संरचनामा क्षति पुगेको छ ।
को बलियो ?
केही अन्तर्राष्ट्रिय संस्थाहरूले दुबै देशको सैन्य सामथ्र्यको विश्लेषण गरेको छ । इन्टरनेशनल इन्स्टिट्यूट फर स्ट्राटीजिक स्टडीज (आईआईएसएस)ले दुवै देशका सेनाको गोलाबारी गर्न सक्ने क्षमताको तुलना गरेको छ ।
स्टक्होम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूटजस्ता संस्थाहरूले पनि दुवै देशको सैन्य शक्तिको विश्लेषण गरेको छ ।
यद्यपि पीस रिसर्च इन्स्टिट्यूट ओस्लो (पीआरआईओ) का निकोलस मार्शका अनुसार विश्वभरि कुनै देशको सैन्य शक्तिको मूल्याङ्कन गर्न आईआईएसएसलाई अग्रणी मानिन्छ ।
आईआईएसएसका अनुसार इजरायलले रक्षा क्षेत्रमा इरानले भन्दा बढी खर्च गर्छ । त्यसो हुँदा सम्भावित द्वन्द्वमा उसलाई ठूलो शक्ति मिल्छ ।
सन् २०२२ र २०२३ मा इरानको प्रतिरक्षा बजेट ७.४ अर्ब डलर थियो भने इजरायलको त्यसको दोबरभन्दा बढी अर्थात् १९ अर्ब डलर थियो ।
इजरायलको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादनसँगको तुलनामा उसको रक्षा खर्च पनि इरानको भन्दा दोबर छ ।
प्रविधिमा को अगाडि ?
आईआईएसएसको विश्लेषण अनुसार इजरायलसँग लडाइँमा पठाउन ३४० वटा सैन्य विमान छन् । यसबाट उसको निसाना बनाएर हवाई आक्रमण गर्ने क्षमता देखिन्छ ।
इजरायलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने एफ–१५ जेट विमान, रेडार छल्न सक्ने एफ–३५ जेट विमान र चाँडो आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन् ।

आईआईएसएसको अनुमानअनुसार इरानसँग लडाइँमा प्रयोग गर्न सकिने ३२ वटा विमान छन् । इरानसँग भएका जेटहरू सन् १९६० को दशकदेखिका हुन् ।
तर ती पुराना विमानमध्ये कति वटा प्रयोग हुन सक्ने अवस्थामा छन् भन्ने स्पष्ट छैन । किनभने तिनको मर्मत गर्न पार्टपुर्जा पाउन निकै कठिन छ ।
‘आइरन डोम’ र ‘एरो’ इजरायली प्रतिरक्षा प्रणालीका मेरुदण्ड हुन् । इजरायल र इरानबीच २,१०० किमिको दुरी छ । इजरायलले इरानमा आक्रमण गर्ने मुख्य तरिका भनेको क्षेप्यास्त्र प्रहार गरेरै हो । इरानको क्षेप्यास्त्र कार्यक्रमलाई पूरा मध्यपूर्वमा सबैभन्दा ठूलो र विविधतायुक्त मानिन्छ ।
सन् २०२२ मा यूएस सेन्ट्रल कम्यान्डका जेनरल केनथ मक्कन्जीले इरानसँग ३,००० वटाभन्दा बढी बलिस्टिक क्षेप्यास्त्र भएको बताएका थिए । इजरायलले विभिन्न देशबाट क्षेप्यास्त्र आयात गर्दै आएको छ ।
इरानी क्षेप्यास्त्र र ड्रोन
इरानले सन् १९८० देखि १९८८ सम्म इराकसँग लडाइँ गरेको थियो । त्यस बेलादेखि नै उसले आफ्ना क्षेप्यास्त्र प्रणाली र ड्रोनमा सुधार गर्न निकै मेहनत गर्दै आएको छ ।
इरानले छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने क्षेप्यास्त्र र ड्रोन बनाएको छ । तीमध्ये केही भर्खरै इजरायलमा आक्रमण गर्न सफल प्रयोग गरेको छ ।
इजरायलको ठूलो सामथ्र्य भनेको उसको हवाई शक्ति र नियन्त्रित अस्त्रहरू हुन् । त्यसैले उसले इरानका मुख्य निसानामा हवाई हमला गर्ने सम्भावना रहन्छ ।
जलसेना
इरानको पुरानो हुँदै गएको जलसेनासँग २२० वटा पानीजहाज छन् । त्यसको तुलनामा इजरायलसँग ६० वटा मात्र रहेको आईआईएसएसको विवरणमा देखिन्छ ।
यस्तै इजरायलसँग ६० वटा नौसैनिक पानीजहाज रहेको बताइन्छ । इरानको प्रतिरक्षा प्रणाली प्राविधिक रूपमा इजरायलको भन्दा कमजोर छ । त्यसैले इजरायली सेनामाथि हुने विद्युतीय हमलाले धेरै नै हानि पुर्याउन सक्छ ।
इजरायलसँग परमाणुअस्त्र भएको ठानिन्छ । तर उसले त्यसबारे सुनियोजित रूपमा अस्पष्टता राखेको छ । इरानसँग परमाणुअस्त्र भएको ठानिँदैन ।
आफूमाथि आरोप लागेको भए पनि तेहरानले आफ्नो नागरिक परमाणु कार्यक्रमलाई परमाणुअस्त्रसम्पन्न राष्ट्र बन्न प्रयोग नगरेको दाबी गर्दै आएको छ ।
भूगोल र जनसंख्या
इरान इजरायलभन्दा निकै ठूलो देश हो । इरानको जनसंख्या झन्डै ८ करोड ९० लाख छ भने इजरायलको १ करोडजति छ ।
इरानसँग इजरायलमा सेवामा भएका सैनिकको सङ्ख्याभन्दा झन्डै छगुना बढी सैनिक छन् ।
आईआईएसएसका अनुसार इरानसँग ६ लाख र इजरायलसँग १ लाख ७० हजार सैनिक छन् ।
प्रतिक्रिया