काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामका लागि तयार भएको दाबी गरेका छन्। ट्रम्पले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको पनि दाबी गरेका हुन्।
राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्धविरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्।
पोस्टमा कतार र इजिप्टले युद्धविरामका लागि धेरै प्रयास गरेकाले पूर्ण शान्तिका लागि धेरै मिहिनेत गर्नु परेको उल्लेख उनले गरेका छन्।
ट्रम्पले हमासले अझ धेरै खराब अवस्था आउन नदिनका लागि यसलाई स्वीकार गर्ने विश्वास लिएका छन्।
अहिलेसम्म युद्धको विरामका शर्त तथा हमासको प्रतिक्रिया सार्वजनिक भएको छैन। मंगलबार नै ट्रम्पले गाजामा नेतान्याहुले आक्रमण बन्द गर्ने अपेक्षा गरेका छन्। उनले अर्को साता नेतान्याहुले वार्ताको चाहना राख्ने बताए।
यता, हमासले युद्धविरामका लागि राखिने प्रस्ताव नमाने गाजालाई धुलो बनाइदिने इजरायलले चेतावनी दिएको छ ।
अमेरिकी मिडिया आउटलुक एक्सियसलाई उद्धृत गर्दै अलजजिराले सो समाचार प्रकाशित गरेको हो ।
यसअघि सोमबार इजरायलले उत्तरमा रहेका गाजाबासीलाई दक्षिणतर्फ जान उर्दी जारी गरेको थियो । सो उर्दी उत्तरमा सैन्य विस्तारका लागि हो । इजरायली अधिकारीले रफाहामा गरे जस्तै केन्द्रीय भागमा पनि गर्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया