इजरायलले भन्यो- हमासले फिर्ता गरेका ४ मृतक बन्धकमा शिरीको शब प्राप्त भएन

इजरायलले भन्यो- हमासले फिर्ता गरेका ४ मृतक बन्धकमा शिरीको शब प्राप्त भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले गाजाबाट फर्काइएका ४ बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे बताएको छ ।

इजरायली सेनाले शुक्रबार शिरीका २ छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो ।

लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार ४ बन्धकको अवशेषलाई रेडक्रसमार्फत् इजरायली सेनालाई सुम्पिएको थियो ।

सेनाका प्रवक्ता अविचय अद्राईले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेका छन्“अनुसन्धान प्रक्रियाका क्रममा यो पत्ता लाग्यो कि हस्तान्तरण गरिएकामध्ये ३ जनाको अवशेष सही भए पनि अर्को एक जनाको अवशेष शिरीको होइन र उक्त अवशेष अन्य कुनै पनि अपहृत व्यक्तिसँग मेल खाँदैन।”

उनले भने, “हमासले सम्झौताअनुसार शिरीसहित सबै अपहरितलाई फिर्ता गनुपर्छ ।”

इजरायलले बिबास परिवारका दुई छोरा (एरियल र कफिर) लाई गाजामा प्यालेस्टिनी ‘आतङ्ककारी’ले मारेको निष्कर्ष निकालेको छ । यद्यपि, सेनाले एरियल र कफिरकी आमा शिरीलाई युद्धको सुरुमा इजरायली हवाई आक्रमणमा मारिएको हमासको दाबीको खण्डन गरेको छ ।

“सम्बन्धित अधिकारीहरूको मूल्याङ्कन र उपलब्ध खुफिया र निदान सूचकहरूको आधारमा एरियल र केफिर बिबासलाई सन् २०२३ नोभेम्बरमा ‘प्यालेस्टिनी आतङ्ककारी समूह हमास’ ले कैदमा क्रूरतापूर्वक मारेका थिए,” अद्राइले भने ।

धेरै इजरायलीहरूका लागि सन् २०२३ अक्टोबर ७ मा अपहरणपछि बन्धकहरूको अग्निपरीक्षाको प्रतीक बनेको शिरी, कफिर र एरियल बिबासको अवशेषहरू बिहीबार हस्तान्तरण गरिएको हमासले जनाएको थियो ।

हमासले चौथो बन्धक ओडेद लिफ्शिट्जको शव पनि हस्तान्तरण गरेको थियो । उनी एक अनुभवी पत्रकार र लामो समयदेखि प्यालेस्टिनी अधिकारका रक्षक थिए ।

गाजा पट्टीमा भएको युद्धविरामअन्तर्गत इजरायली शवहरू हस्तान्तरण गरिएको यो पहिलो घटना थियो।