गाजामा थप २४० जनाको मृत्यु


काठमाण्डु- गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ ।

‘गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्,’ सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement