काठमाण्डु – इजरायलमा नयाँ गठबन्धनको सरकार बनाउन विपक्षी नेताहरुले कसरत सुरु गरेका छन् । प्रधानमन्त्री बिन्यामिन नेतान्याहूलाई हटाएर गठबन्धनका दालले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।
दक्षिणपन्थी नेता नेफ्ताली बेनेटले नयाँ सरकार गठन गर्ने घोषणा गरेका छन् । बेनेट एक किङ्गमेकर मानिन्छ ।
आफ्नो पार्टीको बैठक पछि बेनेटले भने, ‘नेतान्याहू दक्षिणपन्थी सरकार गठन गर्न कोशिस गर्दैछन किनकि उनीलाई थाहा छ यो हुन सक्दैन । म मेरो साथी येर लेपिडको साथ राष्ट्रिय सरकार गठन गर्न प्रयास गर्न चाहान्छु ताकि हामी सबै मिलेर देशलाई सही मार्गमा फर्काउन सकौं ।’
उनको यमीना पार्टीको गठबन्धनमा सामेल हुँदा नेतान्याहूको १२ बर्ष पुरानो सत्ता समाप्त हुन सक्ने बताइएको छ । ७१ वर्षीय नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म शक्तिमा रहने नेता हुन् । उनले इजरायलको राजनीतिमा लामो समयसम्म प्रभुत्व जमाइरहेका छन् ।
तर नेतान्याहूको लिकुड पार्टीले मार्चको आम निर्वाचनमा बहुमत ल्याउन सकेन र चुनाव पछि पनि विश्वासको मत प्राप्त गर्न सकेन ।
नेतान्याहूले आफ्नो बहुमत रहेको प्रमाणित नगरेपछि येर लेपिडलाई सरकार गठन गर्न २८ दिनको समय दिइएको थियो । तर, गाजामा द्वन्द्वका कारण सरकार गठन प्रक्रिया प्रभावित भएको थियो ।
इजरायलमा समानुपातिक प्रतिनिधित्वको चुनावी प्रक्रियाले कुनै पनि पार्टीलाई चुनावमा बहुमत प्राप्त गर्न सहज हुने छैन् । प्रधानमन्त्री नेतान्याहूले नयाँ सरकार गठन गरे देशको सुरक्षाका लागि खतरनाक हुने चेतावनी दिएका छन् ।




प्रतिक्रिया