काठमाण्डु – इजरायल जाने नेपाली कामदारका लागि अनलाइन आवेदन गरिएको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन खुला गरेको हो ।
विभागले जारी गरेको सूचना अनुसार इजरायलमा रोजगारको लागि मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ । इजरायलमा ३० प्रतिशत अर्थात ३ सय जना पुरुष कामदार र ७० प्रतिशत अर्थात ७ सय जना महिला कामदारले रोजगारको आवसर पाउने छन् ।
रोजगारीमा जान चाहनेहरुले विभागको वेवसाइटमा ferms.dofe.gov.np गएर अनलाइन फाराम भर्नका लागि आग्रह गरिएको छ ।






प्रतिक्रिया