इजरायलमा ‘केयरगिभर’का लागि १ हजार ६ सय जना सिफारिस (सूचीसहित)


काठमाण्डु – वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ ।

विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो। अन्तर्वार्तामा १८ सय ३ जना सहभागी थिए। तीमध्ये ११ सय २० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन् ।

नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्ने छ । गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए । पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जना पास भएका थिए ।

सिफारिसमा परेकालाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्ने छ । इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement