काठमाण्डु- इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर १२ जना नेपाली सम्पर्कबिहीन भएका छन् । आइतवार परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार १२ जना नेपाली विद्यार्थी सम्पर्कमा छैनन् ।
इजरायलको द्वन्द्व प्रभावित क्षेत्र सेदोत नेगेभमा ४९ नेपाली विद्यार्थी रहेका छन् । ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कबिहीन भएका हुन् । त्यस्तै परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको खबर छ ।
उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर छ । इजरायली अधिकारीहरुका अनुसार अहिलेसम्म आक्रमणमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ ।




प्रतिक्रिया