युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु


एजेन्सी – हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको हो । सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो।

इजरायली सेनाले एक्समा लेख्यो- “हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।”

यो युद्धविराम अगाडि बढ्ने आशा थियो। अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेको छैन ।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement