आठ दलबीच गठवन्धन बनेपछि १२ वर्ष शक्तिमा रहेका नेतान्याहू यसरी पुगे सत्ता बाहिर

आठ दलबीच गठवन्धन बनेपछि १२ वर्ष शक्तिमा रहेका नेतान्याहू यसरी पुगे सत्ता बाहिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहूको पदबाट बिदाई हुने निश्चित भएको छ । उनिविरुद्ध विपक्षी ८ दल गठनबन्धन सरकार बनाउन सहमत भएपछि नेतान्याहू प्रधानमन्त्रीबाट बिदा हुने निश्चित भएको हो । उनी इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन । १२ साल देशको शासनमा रहेका नेतान्याहूको पार्टी की लिकुडलाई गत मार्चमा भएको चुनावमा बहुमत मिलेको थिएन ।

त्यसपछि दोस्रो नम्बरमा रहेको पार्टी र अन्य सहयोगी दलका साथ सरकार बनाउनको लागी आह्वान गरिएको थियो । त्यसको समय सिमा हिजो सकिएको छ । नेतान्याहूले बहुमत साबित गर्न नसकेपछि विपक्षी दलका नेता येर लेपिडले आठ दल मिलेर सरकार बनाउने घोषणा गरेका छन् ।

विपक्षी दलहरुबीच गठवन्धन बन्नेमा धेरैले आशंका गरेपनि अन्तत नेतान्याहूविरुद्ध सबै दल एकजुट भएका छन् । यदी बहुमत नभएको खण्डमा इजरालमा फेरी चुनाव हुने सम्भावना थियो । यसअघि बहुमत जुट्न नसक्दा दुई वर्षमा चार पटक चुनाव भएको थियो । आठ दलबीच भएको सहमतीमा दुई फरक–फरक दलका नेताहरु आलैपालो प्रधानमन्त्री बन्ने सहमती भएको छ ।

सहमतीअनुसार सबैभन्दा पहिले यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्नेछन् । उनि २०२३ सम्म प्रधानमन्त्री रहनेछन् । त्यसपछि २७ अगस्टमा येश एटिड पार्टीका नेता येर लेपिड इजरायलको प्रधानमन्त्री बन्नेछन् ।

नेता लेपिडले सरकारले इजरायली समाजलाई एकजुट राख्नको लागी हरसम्भव काम गर्ने बताएका छन् । इजरायलका राष्ट्रपति रुवेन रिवलिनलाई आठ दलहरुबीच सहमती भएको जानकारी दिइसकिएको छ । राष्ट्रपति रिवलिनले सांसदको बैठक बोलाउने वित्तिकै सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन् । १२० सिट रहेको इजरायलमा बहुमत सावित गर्नको लागी ६१ जना सांसदको आवश्यकता रहन्छ । विपक्षी पार्टीहरुले बहुमत जुटिसकेको बताएका छन् ।

इजरायलमा बनेको नयां गठवन्धनमा दक्षिणपन्थी,वामपन्थी र मध्यमार्गी दलहरु छन् । उनिहरुबीच राजनीतिक रुपमा भिन्नता भएपनि समानता भने नेतान्याहूको शासन अन्त गर्नेमा छ । इजरायलमा प्रधानमन्त्री नेतान्याहुले गठवन्धन बनाउने प्रयासलाई इजरायलको सुरक्षा र भविष्य खतरामा पर्न सक्ने चेतावनी दिएका थिए ।

नेतान्याहुमाथी भ्रष्टाचार र चुनावमा धांधली गरेको आरोप छ । उनको दलले मार्चमा भएको चुनाव बहुमत प्राप्त गर्न सकेन त्यतिमात्र हैन सहयोगी दलको पनि उनलाई समर्थन जुटेन । इजरायलमा पछिल्लो दुई वर्ष राजनीतिक अस्थिरता छाएको थियो । दुई वर्षमा चार पटक चुनाव भएपनि इजरायलमा स्थिर सरकार बन्न सकेन ।

नेतान्याहूले बहुमत सावित गर्न नसकेपछि येश एटिड पार्टीले सरकार गठनको लागी २८ दिनको समय मागेको थियो । तर, गांजामा संघर्ष सुरु भएपछि अरब इस्लामिस्ट राम पार्टीले गठवन्धनसंग छलफल गर्न बन्द गरेको थियो । इजरायलमा पनि सरकार बनाउन साना पार्टीको भुमिका महत्वपूर्ण हुन्छ ।

समानुपातिक प्रतिनिधित्वको चुनावी प्रक्रियाको कारणले एक दललाई बहुमत जुटाउन इजरायलमा समस्या छ । बीबीसीका मध्य पूर्व मामलाका सम्पादक जेरेमी बोवेनले नेतान्याहूको हारण कारण उनको वामपन्थी विरोधी छवी जिम्मेवार रहेको दावी गरेका छन् ।

बीबीसी हिन्दीको सहयोगमा ।