काठमाण्डु – इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व चर्किएको छ । मंगलबार सशस्त्र प्यालेस्टाइनी विद्रोही समूह हमासले मंगलबार इजरायलतर्फ सयौं रकेट प्रहार गरेको हो । उक्त रकेट इजरायली सेनाले गाँजा क्षेत्रमा विफल बनाएको बीबीसीले जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले द्वन्द्व बढाउँदा जुनसुकै नतिजा भए पनि इजरायल जिम्मेवार हुने बताएको छ । अर्कोतर्फ इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले यसको लागि हमासले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
हमास नेता इस्माईल हानियाले भनेका छन्, ‘कतार, इजिप्ट र संयुक्त राष्ट्र संघले हामीसँग सम्पर्क गरेको छ र शान्तिको लागि अपील गरेको छ । तर, हामीले इजरायललाई एउटा सन्देश दियौं कि यदि उनीहरूले टकराव चाहन्छ भने हामी तयार छौं र उनीहरूले रोक्न चाहे पनि हामी तयार छौं ।’
बुधबार कम्तीमा ४० जनाको मृत्यु भएको जनाइएको छ । जसले गर्दा जेरुसेलेमभन्दा बाहिरका सहरमा पनि अस्थिरता फैलिएको छ ।
इजरायली सेनाले ८ सयभन्दा बढी रकेट आफ्नै क्षेत्रमा खसेको र आफ्नो प्रतिरक्षा प्रणालीले २ सयभन्दा बढी रकेटलाई गाजा क्षेत्रमै खसालिदिएको पनि जनाएको छ ।
हमासले लगातार बम खसालेपछि इजरायलमा रहेका नेपालीहरुमा त्रास फैलिएको छ । मंगलबार आफूहरु बसेको ठाउँमा बम पड्कीएकोले आफूहरु सुत्न नसकेको इजरायलमा रहेका एक नेपालीले जानकारी दिए । यसबारे दूसतावासले कुनै सूचना जारी गरेको छैन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘आज त अति भयो बम पनि र एक इन्डियनको घरमा बम परेर ज्यान पनि गुम्यो । भोलि पनि हामी बसेको ठाउँ को तार्गेट छ था छैन कतिबेला के हुन्छ ।’




प्रतिक्रिया