इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित

इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन्। यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सातजना नेपाली घाइते भएका छन्।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ।