मिनुस्मा मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

मिनुस्मा मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ मालीको मिनुस्मा मिसनमा कार्यरत नेपाली सेनाको अदली बदली भएको छ ।

युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन माली (मिनुस्मा), मालीमा तैनाथ श्री ई.ओ.डी. गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नको लागि श्री ई.ओ.डी.गुल्म (शान्ति सेना) नवौं डफ्फाको अन्तिम टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।

सेनानी पवन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु यूएन चार्टड फ्लाइटमार्फत काठमाण्डुबाट मिशन ईलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

साथै, उक्त मिशनमा तैनाथ श्री ई.ओ.डी. गुल्म (शान्ति सेना) आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगित पुनको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरु यही कात्तिक ४ गते स्वदेश फर्किने समेत सेनाले जानकारी दिएको छ ।

शान्ति स्थापना कार्यको लागि नेपाली सेनाले विगत लामो समयदेखि यूएन मिसनहरुमा खटिइ शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान र्पुयाउँदै आएको छ ।