इस्तियाक राईले भने ‘पार्टी विभाजनकै तहमा गएको भन्ने सत्य होईन, सवै कुरा मिलेको पनि होईन’

इस्तियाक राईले भने ‘पार्टी विभाजनकै तहमा गएको भन्ने सत्य होईन, सवै कुरा मिलेको पनि होईन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघिय समाजवादी पार्टीका नेता एवंम् पुर्वमन्त्री इस्तियाक राईले समाजवादी पार्टी तत्काल विभाजन हुने खतरा नरहेको बताएका छन् । समाजवादी पार्टीका नेता राईले पार्टीमा विवाद रहेको स्विकार गरेपनि विभाजनको तहमै भने गइनसकेको बताए । ‘पार्टीभित्र असन्तुष्टि बढेको सत्य हो, विवाद पनि हाम्रोभित्र छ तर पार्टी विभाजनकै तहमा गएको भन्ने चांही सत्य होईन, सवै कुरा मिलेको पनि होईन ।’ पुर्वमन्त्री राईले काठमाडौंपाटीसंग भने ।

उनले पार्टी अध्यक्ष सहितका नेताहरुसंग छलफल भएको स्विकार गर्दै कतिपय विषयमा अझै सहमति नभएको स्पष्ट पारेका छन् । समाजवादी पार्टी र राजपाबीच एकताको सम्भावना छ कि छैन् भन्ने प्रश्नमा उनले राजनीतिमा असम्भव केही नभएको बताए । राजनीतिमा विवाद,एकता र टुटफुट सामान्य विषय भएका पुर्वमन्त्री राईको धारणा थियो ।

उपेन्द्र यादव र बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टी फुटाउन सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश ल्याएको चर्चा भएको थियो । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यसअघि शहरी विकासमन्त्री रहेका राईले समाजवादी पार्टी फुटाउन खोजेको समाचार सार्वजनिक भएको थियो । पुर्वमन्त्री राईले प्रधानमन्त्री ओलीसंग ४० प्रतिशत सांसद ल्याउने बचन दिएको स्रोतको दावी छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार विज्ञप्तिमार्फत शक्ति र पैसाको आडमा आफ्नो पार्टी विभाजन गराउन चलखेल भइरहेको आरोप लगाएका थिए । समाजवादी पार्टीभित्र तपाईहरुको बहुमत छ त भन्ने प्रश्नमा पुर्वमन्त्री राईले ४० प्रतिशत मात्र होईन आफुहरुले आवश्यक परे ६० प्रतिशत समेत जुटाउने दावी गरे ।

समाजवादी पार्टीसंग १६ सांसद छन् । राईसहित सांसदहरु रेणु यादव, विमलप्रसाद श्रीवास्तव, रुही नाज, कुलदेवी विश्वकर्मा लगायतले नयां दल दर्ताको लागि हस्ताक्षर गरिसकेको स्रोतको दावी छ । उनिहरुले नयां दल दर्ताका लागी निर्वाचन आयोगमा जाने तयारी गरेको समेत बुझिएको छ ।