कांग्रेसले सभामुखका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने

कांग्रेसले सभामुखका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने


काठमाण्डु- नेपाली कांग्रेसले सभामुखका लागि ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताएकी छन् ।

छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी रहेको जनाइएको छ । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरिसकेका छन् ।