प्रधानसेनापति थापाले गरे इटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन

प्रधानसेनापति थापाले गरे इटहरीमा नवनिर्मित सैनिक अस्पतालको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताए ।

अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । प्रधानसेनापति थापाले सैनिक अस्पतालमा उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत बताए ।

२०७४ कार्तिक १५ गतेबाट निर्माण शुरु भई २०७६ मंसिर १५ गते निर्माण सम्पन्‍न भएको उक्त सैनिक अस्पताल आज फाल्गुन १६ गतेबाट संचालनमा आएको हो ।

उक्त अस्पतालमा जनरल ओ.पि.डि., मेडिकल ओ.पि.डि., डेन्टल, प्याथोलोजी, ई.एन.टि., गाईनो, फार्मेसी, रेडियोलोजी, फिजियोथेरापी र माइनर ओ.टी. लगायतका सेवाहरु संचालनमा ल्याइएको छ ।

उक्त उद्‍घाटन कार्यक्रममा बलाध्यक्ष रथी, अन्य बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, नेपाली सेनाका सकलदर्जा, संचारकर्मी तथा विभिन्‍न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।